आज नैकापमा चन्द्रागिरि नगर क्षेत्रका पुराना तस्बिरहरूको प्रदर्शनी हुँदै, इतिहास पढ्ने सुनाैलो अवसर

Thankot Times

थानकोट । 

आज शुक्रबार, नेपाल एकीकरणका प्रणेता तत्कालीन राजा पृथ्वी नारायण शाहको आज ३०२ औँ जन्म जयन्ती । यस अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । 

आजको छुट्टि कसरी मनाउने भन्ने सोंचमा हुनुहुन्छ भने चन्द्रागिरि नगरपालिका नैकापमा आयोजना हुने चन्द्रागिरि क्षेत्रका पुराना तस्बिरहरूको विशेष प्रदर्शनी कार्यक्रम यहाँहरूका लागि आजको छुट्टि उपयोग गर्ने राम्रो अवसर हुन सक्दछ । 

नैकापस्थित कमला कार्की स्मृति प्रतिष्ठानको नवाैं स्मृति दिवस तथा सम्मान कार्यक्रमको अवसरमा सो प्रदर्शनी आयोजना हुन लागेको हो । सो क्रममा चन्द्रागिरि नगर क्षेत्रमा खिचिएका ६ दशक पुराना तस्बिर तथा करिब १ सय ६० वर्षअघि कोरिएका चित्रहरू प्रदर्शनी हुने कमला कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन कुमार कार्कीले जानकारी दिनुभयो ।

नेपाल फोटो फाउण्डेशन तथा फोटो म्युजियम नेपाल लगायतका संघसंस्थाहरूसँगको सहकार्यमा सो फोटो प्रदर्शनी हुन लागेको हो । नेपाल फोटो फाउण्डेशनका जीवन नेपालका अनुसार प्रदर्शनीमा १७० वटा बढी तस्बिर तथा चित्रकला समावेश हुनेछन् ।
४० वटा तस्बिर भने पहिले र अहिले तुलनात्मक रूपमा प्रस्तुत हुनेछ ।

कमला कार्की स्मृति प्रतिष्ठानले विगत ९ वर्षदेखी चन्द्रागिरि नगरमा राष्ट्रिय ख्याति कमाएका ६ जना महिला तथा महिलासँग सम्बन्धित रहेर काम गर्ने संस्थालाई नगदसहित सम्मान गर्दै आएको छ।

बिहान ११ बजेबाट सुरु हुने भनिएको सो कार्यक्रम नैकापस्थित ब्राइट फ्यूचर माध्यमिक विद्यालयमा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ