चन्द्रागिरि नगरपालिकामा चोरीका घटना बढे, बलम्बुबाट चोरी भयो करिब २० लाख रूपैयाँको धनमाल

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन् । 

नगरको वडा नंं ७ र ४ को घुमाउने क्षेत्रका घरका ढोकामा राखिएका कलशसमेत चोरी हुन थालेका छन् ।

२ तल्ला माथि राखिएका खाना पकाउने ग्याँसका सिलिन्डरसमेत चोरी भएको पिडितहरूले बताएका छन् । 

यसैबीच चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित आनन्द बस्तीमा रहेको पार्वती थापाको घरबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद रु चार लाख ५० हजार गरी करिब रु २० लाख बराबरको धनमाल चोरी भएको छ ।

पुस २१ देखि २४ गतेसम्म बन्द रहेको घरको ढोका फोडेर चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

थानकोटमा दिनहुँ हराउन थाले ढोकाका कलश, पिडित भन्छन प्रहरीमा उजुरी गर्ने कि नगर्ने कन्फ्यूज !

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ