चन्द्रागिरि हिल्सको वार्षिक साधारण सभाबाट पारित भए यस्ता प्रस्ताव

Thankot Times

थानकोट ।

आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्दै चन्द्रागिरि हिल्सको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

काठमाडौं थानकोटस्थित कार्यालयमा बिहीबार सम्पन्न वार्षिक साधारणसभाले सो आर्थिक वर्षको वासलात, नाफा-नोक्सान हिसाब विवरणसहितको लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको हो।

सभाले सञ्चालक समितिबाट प्रस्तुत भएको वार्षिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।

सभाले चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ।

सोही सभाले सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता परिमार्जन गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *