नैकापमा चन्द्रागिरि नगर क्षेत्रका पुराना तस्बिरहरूको प्रदर्शनी सम्पन्न (भिडिओ)

Thankot Times

थानकोट । 

कमला कार्की स्मृति प्रतिष्ठानको आयोजनामा शुक्रबार चन्द्रागिरि नगरपालिका नैकापमा चन्द्रागिरि नगर क्षेत्रका पुराना तस्बिरहरूको विशेष प्रदर्शनी सम्पन्न भएको छ। 

प्रतिष्ठानको नवाैं स्मृति दिवसका अवसरमा सो कार्यक्रम आयोजना भएको हो । 

फोटो म्युजियम नेपाल, नेपाल फोटो फाउण्डेशन लगायतका संघसंस्थासँगको सहकार्यमा सो प्रदर्शनी आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीले जानकारी दिए । 

प्रदर्शनीमा अवलोकन कर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । अवलोकन कर्ताहरूले सो खालका प्रदर्शनी नियमित हुनुपर्ने र त्यस्ता कार्यक्रमका लागि नेपाल सरकार तथा स्थानीय निकायहरूले समेत अग्रसरता लिनुपर्ने प्रतिक्रिया दिए ।

प्रदर्शनीमा चन्द्रागिरि नगर क्षेत्रका १७६ वटा तस्बिरहरू प्रदर्शनी गरिएको नेपाल फोटो फाउण्डेशनका जीवन नेपालले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ