थानकोट-चित्लाङ सडकमा भयानक सडक दुर्घटना, चार जनाको मृत्यु, उद्दार कार्य जारी
थानकोट।
गणेशमान सिंह मार्ग (थानकोट) मा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
दिउँसो करिब २ बजे चन्द्रागिरि ४ सेताे पहराे नजिकै भएको जीप दुर्घटनामा चार जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ । दुई जना घाइते भएका छन् ।
घटनास्थलमा प्रहरी वृत्त थानकोटका डिएसपी नारायण प्रसाद अधिकारी नेतृत्वको टोली उद्दारमा खटिएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको विस्तृत विवरण संकलनको कार्य जारी छ । प्रदेश ३-२३-च ६९८५नम्बरको प्राइभेट जीप दुर्घटनामा परेको हो ।
उद्दार कार्यमा नेपाल प्रहरी, नेपाली सेना लगायत स्थानीय बासीहरू पनि जुटेका छन् ।
अपडेटः
सो दुर्घटनामा परी २ जना पुरुष, एक जना महिला र एक बच्चाको मृत्यु भएको पुष्टि भएको छ । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ ।














