काठमाडौंबासीका घरमा आज मेलम्चीको पानी, प्रधानमन्त्रीले बिहान ८ बजे खोल्दैछन धाराको टुटी
थानकोट ।
काठमाडौंबासीका घरमा आज मेलम्चीको पानी चौथो पटक आउँदै छ ।
मेलम्चीको पानी पुनर्वितरणको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान नौ बजे सिंहदरबार भित्रबाट गर्दैछन् । तर उपभोक्ताको घरमा भने बिहान आठ बजेदेखि नै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरको धारा खोलेर मेलम्चीको पानी पुनर्वितरणको उदघाटन हुने जानकारी दिए ।
वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्याउन थालिएको हो ।













