चन्द्रागिरि नगर क्षेत्रमा घरजग्गा कारोबार पाैष महिनामा पनि बढ्यो

Thankot Times

थानकोट ।

पाैष महिनामा घरजग्गाको कारोबारमा सुधार देखिएको छ। 

मंसिर महिनामा घरजग्गाको कारोबारको क्रममा रजिष्ट्रेसन दस्तुर बापत सरकारले एक अर्ब ९५ करोड रूपैयाँ आम्दानी गरेकोमा पाैषमा यस्तो रकम बढेको छ। 

पाैष महिनामा घरजग्गाको कारोबारको क्रममा २ अर्ब १२ करोड रूपैयाँ रजिष्ट्रेसन दस्तुर उठेको हो। मंसिरको तुलनामा यसमा ८.३३ प्रतिशतले वृद्धि भएको छ। 

काठमाडौंमा सबैभन्दा धेरै घरजग्गाको कारोबार भएको छ। काठमाडौंको चावहिल, टोखा, डिल्लीबजार, साँखु र कलंकी मालपोत कार्यालयबाट पाैष महिनामा ४६ करोड ५५ लाख रूपैयाँ बराबरको रजिष्ट्रेसन दस्तुर उठेको छ।

कलंकी मालपोतबाट १९ करोड ६ लाख ८७ हजार राजश्व संकलन भएको छ । 

काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्– कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।

मालपोत कार्यालय कलंकीको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरि, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *