थानकोट-चित्लाङ सडक स्तरीकरणको लागि तत्काल १० करोड माग
थानकोट।
जीर्ण अवस्थामा रहेको थानकोट-चित्लाङ सडकको स्तरीकरणका लागि तत्काल १० करोड बजेटको उपलब्ध गराउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अनुरोध गरिएको छ ।
बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेट गरि मकवानपुर क्षेत्र नम्बर २ का सांसद एवम् एमाले सचेतक महेशकुमार बर्तौला, संविधानसभा सदस्य रामनारायण बिडारी, सुभाषचन्द्र ठकुरी, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट सहितको टोलीले निकै जिर्ण अवस्थामा रहेको थानकोट-चित्लाङ सडक तत्काल मर्मतको लागि १० करोड बजेट माग गरेका हुन् ।
थानकोट-चित्लाङ सडकखण्डमा दुर्घटना बढेको भन्दै प्रधानमन्त्री प्रचण्डसँग तुरुन्तै १० करोड रुपैयाँ माग र बहुवर्षीय योजनामा पारेर कम्तिमा ४० करोड रुपैँयाको श्रोत सुनिश्चितताको अनुरोध गरिएको सचेतक बर्तौलाले बताए ।













