सुन चाँदीको मूल्य घट्ने क्रम जारी

Thankot Times

थानकोट । 

कारोबार हुने साताको पाँचाै दिन नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *