काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदीप अधिकृतमा परियार

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियार खटाइएका छन् । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने सरकारले मधेसी आयोगमा सरुवा गरेको छ ।

स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबिच विवाद सुरु भएको थियो । विवादकै बिच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो । 

सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ