वनस्थलीमा दिउँसै चोरी

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका-१६ वनस्थली राधाकृष्ण मन्दिर नजिककै एक घरमा दिउँसै चोरी भएको छ ।

उक्त घरमा डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका-९ घर भएका ज्ञानु रिजालको कोठाबाट नगद र गरगहना चोरी भएको हो ।

प्रहरीका अनुसार कोठाबाट नगद १ लाख रूपैयाँ र २ तोला बराबरको विभिन्न गरगहना गरी करिब ३ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

चोरी गर्ने व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ