दक्षिणकालीस्थित शेषनारायण मन्दिर नजिक एक महिला मृत फेला

Thankot Times

थानकोट ।

काठमाडौंको दक्षिणकालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

प्रहरीका अनुसार जुम्ला चन्दननाथ नगरपालिका १० घर भएकी ५१ वर्षीया देवी अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिका ५ शेषनारायण मन्दिर नजिक बाटोमा उनी मृत फेला परेकी थिइन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ