चन्द्रागिरि हिल्सका संस्थापक र स्थानीयको सेयर कारोबार मंगलबारदेखि मात्रै फुकुवा हुने

Thankot Times

थानकोट ।

होटल तथा पर्यटन समूहको कम्पनी चन्द्रागिरि हिल्सको लकइन पिरियड सकिएसँगै  मंगलबारदेखि मात्रै संस्थापक, स्थानीय तथा कर्मचारीको सेयर कारोबार फुकुवा हुने भएको छ।

सीडीएस एण्ड क्लियरिङका अनुसार सोमबार राति १२ बजेसम्म सो सेयरमा लकइन पिरियड नै कायम छ ।

यसअघि नेप्सेले भने सोमबारदेखि कारोबार फुकुवा हुने सूचना जारी गरेको थियो । ‘मंगलबारदेखि ती सेयरमा कारोबार फुकुवा हुने हो’ सीडीएस एण्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्यले भने ।

कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता, स्थानीयबासीको ३ लाख ६ हजार ८१९ कित्ता र कर्मचारीको ६१ हजार ३६४ कित्ता सेयरमा लकइन अवधि सकिँदै छ ।

कुल १ करोड ३८ लाख ६८ हजार १८३ कित्ता सेयर कारोबारका लागि मंगलबारदेखि फुकुवा हुने भएको हो । लकइन अवधि सकिएसँगै मंगलबारदेखि नै यी सेयर साधारणसरह उहीं मूल्यमा, उहीं कोड नामबाट कारोबार गर्न सकिनेछ । कम्पनीको कुल १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत छ ।

होटल तथा पर्यटन समूहका कम्पनीको पनि प्राथमिक सेयर सर्वसाधारणलाई बाँडफाँट भएको ३ वर्षपछि संस्थापक, स्थानीयबासी तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिने व्यवस्था छ ।

अनलाइनखबरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *