नागढुङ्गा सुरुङ अब करिब ५५ मिटर खन्न बाँकी

Thankot Times

थानकोट ।
राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा सुरुङ मार्गको मुख्य सुरुङ्ग खन्न अब ५४.६० मिटर बाँकी रहेको नागढुङ्गा सुरुङ आयोजनाले जनाएको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै आयोजनाले मुल सुरुङको कूल २ हजार ६ सय ८८ मिटर मध्ये २ हजार ६ सय ३३ दशमलव ४० मिटर सुरुङ्ग खनिसकिएको जनाएको हो ।

सुरुङ मार्ग अन्तर्गत भाैतिक प्रगति ६९ दशमलब १५ प्रतिशत तथा वित्तिय प्रगति ६३ दशमलव ९६ प्रतिशत रहेको आयोजनाले जनाएको छ।
आयोजना अन्तर्गत ३ वटा अन्डरपास, ४ वटा बक्स कलभर्ट, एउटा ओभरपास तथा ३ वटा पुल निर्माण भइसकेको छ भने फ्लाइओभरको कार्य पाँच मध्ये ३ वटा फाउन्डेशन तयार भइसकेको छ । 

सुरु ठेक्का सम्झौताअनुसार आयोजना ३० महिनाभित्रै अर्थात् सन् २०२३ अप्रिल २६ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो। पहिलो चरणमा आयोजनाको म्याद ८६ दिन मात्रै थपियो। थपिएको समयभित्र निर्माण सम्पन्न नभएपछि फेरि २०२४ अप्रिल २५ सम्म म्याद बढाइएको छ।  तर पछिल्लो समयसीमाभित्र पनि आयोजना निर्माण सम्पन्न नहुने देखिन्छ। आयोजनाको अनुसार अबको झन्डै १४ महिनाभित्र यो आयोजना निर्माण सम्पन्न हुने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *