सुनको भाउ स्थिर रहँदा चाँदीको बढ्यो
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ ।
चाँदी तोलामा एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।













