थानकोटमा स्थानीयले नियन्त्रणमा लिए ढुंगा लाेड गरिएका ट्रिपर
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०४ थानकोटका स्थानीय, वन उपभोक्ता समितिका प्रतिनिधि तथा जनप्रतिनिधिहरुले अवैध रुपमा ढुंगा ओसारपसार गरेकाे भन्दै दुई वटा ट्रिपर नियन्त्रणमा लिएका छन् ।
शनिबार थानकोट गाेदाम क्षेत्रबाट ती ट्रिपर नियन्त्रणमा लिइएको बताइएकाे छ । स्थानीयले नियन्त्रणमा लिएका ढुंगाले भरिएका दुवै ट्रिपर आवश्यक कारबाहीका लागि प्रहरी प्रशासनलाई जिम्मा लगाएका छन् ।
ढुंगा लाेड गरिएका ती दुवै ट्रिपर ढुंगासहित प्रहरी वृत्त थानकोटमा राखिएका छन् ।













