बौद्धमा तास खेलिरहेका पाँचजना पक्राउ
थानकोट ।
काठमाडौं महानगरपालिका–६, बौद्धमा तास खेलिरहेका पाँचजना पक्राउ परेका छन् ।
बौद्धका ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित पाँचजनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नगद ३२ हजार ६८० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।













