शहीद दिवसमा सार्वजनिक बिदा नहुने

Thankot Times

थानकोट ।

नेपाल सरकारले माघ १६ गते मङ्गलबार पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने, तर सार्वजनिक बिदा भने नहुने जनाएको छ ।

‘मन्त्रिपरिषद्को बैठकले शहीद दिवसमा सार्वजनिक बिदा दिने गरेको थियो । यो वर्ष गरेको निर्णय अर्को वर्ष लागू हुन्छ’, गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई भने । ‘यो वर्षको बिदा गत वर्ष नै निर्धारण भएको हुनाले बिदा नदिएरै अन्य कार्यक्रम गरेर शहीदहरूप्रति सम्मान व्यक्त गरिनेछ ।’ उनले भने

शहीद दिवसलाई राष्ट्रिय रूपमा मनाइने छ । तर, सरकारी कार्यालयहरू खुल्ने छन् । शहीद दिवसमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि मङ्गलबार सार्वजनिक बिदा हो होइन भन्ने बारे धेरैको चासो रहेको थियो ।

शहीद दिवसमा दिइने सार्वजनिक बिदा २०८१ देखि लागू हुने छ ।

यसै गरी राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरूमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ १६ गते र निजामती सेवा दिवस भदौ २२ गते रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ