सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गर्ने ३६ वर्षीय पुरुष कीर्तिपुरबाट समातिए

Thankot Times

थानकोट ।

सामाजिक संजाल यु-ट्युबमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-४ आँगाटार बस्ने सिरहा लहान नगरपालिका-२४ स्थायी वतन भएका ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्ने विषयमा झूटो विवरणसहित भिडियो बनाई सामाजिक संजाल यु-ट्युबमार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानीका साथै चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा मनोजको संलग्नता खुल्न आएपछि उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसूरमा  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

नेपाल प्रहरीको विज्ञप्तीः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ