चन्द्रागिरि वडा नं. ६ को आयोजनामा चेकपोष्टमा माघ १९ र २० गते शहरी हाटबजार सञ्चालन हुने
थानकोट ।
यहि माघ १९ र २० गते चन्द्रागिरि नगरपालिका- ६ चेकपोष्टमा शहरी हाटबजार सञ्चालन हुने भएको छ ।
चन्द्रागिरि वडा नं. ६ महादेवस्थानको आयोजना गर्ने सो हाटबजारमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरू, माैलिक सिपमा आधारित व्यवसायको लागि अनुदान प्राप्त गरेका व्यवसायी लगायत अन्य व्यवसायीहरूद्वारा उत्पादित वस्तुहरूको विक्री तथा प्रदर्शनी हुने बताइएको छ ।
सो बजार बिहान ७ बजेबाट साँझ ६ बजेसम्म वडा कार्यालय प्राङ्गणमा सञ्चालन हुने चन्द्रागिरि नगरपालिका वडा नं. ६ का वडाध्यक्ष संजय सिग्देलले जानकारी दिए ।
स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरणका लागि चन्द्रागिरि नगर तथा वडा कार्यालयहरूले समय-समयमा हाटबजार सञ्चालन गर्दै आएको छ ।













