पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि

Thankot Times

थानकोट ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ ।

बुधवार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार यो मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ