त्रिभुवन पार्कमा १९ वर्षीया किशोरीको शव भेटियो, अनुसन्धान जारी रहेको प्रहरीको भनाइ

Thankot Times

थानकोट । 

थानकोटस्थित त्रिभुवन पार्कमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । 

प्रहरीका अनुसार बुधबार दिउँसो स्थानीयले रूखमा महिला झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले मृतक किशोरीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाका सन्दर्भमा अनुसन्धान जारी रहेको बताएको छ ।

मृतक नुवाकोट स्थायी घर भई कलंकी स्यूचाटार बस्दै आएकी र उनको उमेर  १९ वर्षको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ