इन्द्रस्थानस्थित सुवेदी गाउँमा आज एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै चन्द्रागिरि नगरपालिका
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले आज शुक्रबार चन्द्रागिरि नगरपालिका-२ दहचोकको इन्द्रस्थानस्थित सुवेदी गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्दैछ ।
माघ १५ गते सम्पन्न नगरप्रमुख स्तरीय बैठकको निर्णयानुसार सो शिविर सञ्चालन हुन लागेको नगरका वरिष्ठ शाखा अधिकृत महेश प्रसाद पाठकले जानकारी दिए ।
शिविरमा स्वास्थ्य शाखा, सामाजिक विकास शाखा, कृषि शाखा, पशु सेवा शाखा र पञ्जीकरण शाखाबाट सम्पादन हुने कार्यहरु सञ्चालन हुनेछ ।
सो घुम्ती शिविर इन्द्रस्थानस्थित सुवेदी गाउँमा रहेको शहरी स्वास्थ्य केन्द्रमा बिहान ९ बजेदेखी दिउँसो १ बजेसम्म सञ्चालन हुने बताइएको छ ।













