ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २० वर्षीय युवकको मृत्यु

Thankot Times

थानकोट ।

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । 

मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि बिहीबार राति ना७ख १७९६ नम्बरको ट्रकले बागमती प्र.०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका-१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *