बुद्ध एयरको भ्यालेन्टाइन अफरः एउटा टिकट किन्दा अर्को फ्रि !
थानकोट ।
बुद्ध एयरले यस वर्षको ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस)को अवसरमा ‘एउटा टिकट किन्दा अर्को टिकट फ्रि’ आफर ल्याएको छ । बुद्धले फेब्रअुरी १४ अर्थात् प्रणय दिवसका दिन माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क दिने अफर ल्याएको हो ।
माउन्टेन फ्लाइटमा एउटा टिकटको मूल्य १३ हजार ९९९ रुपैयाँ रहेको छ । यस दिन उडान गर्ने यात्रुहरुलाई बुद्ध एयरले थप उपहारहरु पनि दिने जनाएको छ ।
टिकट बुद्ध एयरको जुनसुकै सेल्स काउण्टरबाट पनि काट्न सकिने जनाइएको छ ।













