नागढुङ्गा नाकाबाट यसकारण समातिए २६ वर्षीय इन्द्र
थानकोट ।
नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध बुप्रेनुर्फिन १ सय ४५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड १ सय ४५ एम्पुल र डाईजेपाम १ सय ४५ एम्पुलसहित २६ वर्षीय युवालाई पक्राउ गरेको छ ।
सप्तरी घर भएका २६ वर्षीय ईन्द्रजित पासवानलाई शुक्रबार बिहान प्रकाउ परेका हुन् ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०३-००१ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।












