‘भोलि आइतबार दिउँसोबाट काठमाडाैंमा वर्षाको सम्भावना अधिक’- माैसम पूर्वानुमान महाशाखा

Thankot Times

थानकोट । 

पश्चिमी वायुको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा हुने भएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । यो वर्ष अहिले पुनः पश्चिमी वायुको प्रणाली भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले बादल लाग्न सुरु भइसकेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । यो प्रणालीले आइतबार (भोलि) वर्षाको सम्भावना बढाएको उनले बताए ।

“पश्चिमी वायुको प्रभाव छ, सुदूरपश्चिमतिर अहिले (शनिबार साँझ)देखि नै बादल लाग्न सुरु भइसकेको छ,” उनले भने, “यसले वर्षा गराउने सम्भावना छ ।”

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णालीका केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको उनले बताए ।

मधेसबाहेक अरू प्रदेशमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । मधेस प्रदेशमा वर्षाको सम्भावना खासै नरहेको उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *