लागूऔषधसहित नागढुङ्गाबाट समातिए २८ वर्षीय युवा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । 

करिब ४ ग्राम ७ मिलिग्राम सहित ईलाम, ईलाम नगरपालिका-१४ सांरुम्बा बस्ने २८ वर्षीय मिक्सेन लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

 लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले प्रदेश १-०१-००१ ख ४०४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *