नागार्जुन नगरमा सार्वजनिक जग्गा संरक्षणका लागि उपमेयरको संयोजकत्वमा समिति गठन
थानकोट ।
काठमाडाैंको नागार्जुन नगरपालिकामा सार्वजनिक जग्गा संरक्षणका लागि उपमेयरको संयोजकत्वमा सार्वजनिक जग्गा संरक्षण समिति गठन भएको छ ।
नगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरू संरक्षण गर्नको लागि गठित समितिको माघ १९ गतेको निर्णयानुसार नगर क्षेत्रमा रहेका सार्वजनिक जग्गाको विवरण उपलब्ध गराई सहयोग गर्न सो समितिले सबैमा सार्वजनिक सूचना जारी गरेरै अनुरोध गरेको छ ।
सो सूचनाका दिन नगरले २० दिनको सूचना जारी गरेको बताइएको छ ।
साथै, नगर क्षेत्रभित्रका सार्वजनिक वा पर्ति जग्गाहरूमा कोहि कसैको जोतकमोद, घरबास वा भोग चलन गरि रहेको अवस्था भएमा सो को विवरण समेत उपलब्ध गराउन नगरले अनुरोध गरेको छ ।
सार्वजनिक जग्गा सम्बन्धी जानकारी दिने निवेदकको परिचय खुलाउन बाध्य नपारिने तथा परिचय गोप्य राख्न नागार्जुन नगरले माघ २१ गते सूचना जारी गरेरै प्रतिबद्धता जनाएको छ ।














