कीर्तिपुर नगरपालिका वडा नं. ४ मा वडाध्यक्षको निर्वाचनको तयारी तिव्र

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ।

२०७९ वैशाखमा स्थानीय तह निर्वाचन तथा मंसिरमा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त रहेका पदका लागि आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

स्‍थानीय, प्रतिनिधि र प्रदेश सभामा २३ पद रिक्त छन्। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ को प्रदेश सभा १ मा प्रदेश सभा सदस्य पद रिक्त छ। अन्य स्‍थानीय तहमा पनि पद रिक्त छन्। 

रिक्त रहेका ठाउँमा पदपूर्तिका लागि आयोगले सरकारसँग परामर्श गरी उपनिर्वाचनको मिति तोक्ने आन्तरिक तयारी गरिरहेको पौडेलले बताए।

कीर्तिपुर नगरपालिका- ४ का वडाध्यक्ष अधिकारीकाे निधन

मिति तोक्नुपूर्व नै आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ। मिति तोकेपछि मतदाता नामावली नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ। 

आयोगले नियमित रूपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली दर्ता गर्ने काम गर्दै आएको छ।

बैशाख १ गते चम्पादेवीमा माेटरसाइकल दुर्घटना परी गम्भीर घाईते भई उपचाररत कीर्तिपुर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्यामराजा अधिकारीकाे वैशाख १० निधन भएपछि सो वडाको वडाध्यक्ष पद रिक्त छ । यसैगरी काठमाडाैं महानगरपालिका वडा नं.१६ मा पनि वडाध्यक्ष पद रिक्त रहेको छ । फोक्सोमा सिभियर निमोनिया हुँदा सो वडाका अध्यक्ष मुकुन्द रिजालको गत भदाै २१ गते निधन भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *