नागढुङ्गामा अवैध लागूऔषधसहित दिनहुँ समातिँदै युवा, फेरि समातिए मामाभान्जा

Thankot Times

थानकोट । 

काठमाडाैं भित्रने प्रमुख सडक नाका नागढुङ्गामा पछिल्लो समय अवैध लागूऔषधसहित युवाहरू पक्राउ पर्ने क्रम बढेको छ । 

गत शुक्रबार बिहान सप्तरी घर भएका २६ वर्षीय ईन्द्रजित पासवान नागढुङ्गामा अवैध लागूऔषधसहित समातिएका थिए भने हिजो आइतबार बिहान ईलाम नगरपालिका-१४ सांरुम्बा बस्ने २८ वर्षीय मिक्सेन लिम्बु खैरो हेरोइन जस्तो देखिने पदार्थसहित समातिए । 

सोमबार नुवाकोटका २ जना युवा लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७६ ग्रामसहित पक्राउ परेका छन् । 

प्रहरी प्रभाग नागढुङ्गाका अनुसार अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७६ ग्रामसहित सोमबार दिउँसो नुवाकोट तादी गाउँपालिका-६ घर भएका २९ वर्षीय आदम तामाङ र उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २२ वर्षीय दिल बहादुर तामाङ पक्राउ परेका हुन् । 

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ६९०२ नम्बरको माईक्रो बसलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *