सुन चाँदीको भाउ ओरालो लाग्ने क्रम जारी

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा बहुमुल्य धातु सुन चाँदीको मूल्यमा गिरावट आउने क्रम जारी छ । । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँ घटेको छ ।

महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ ।

चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *