सतुगंलस्थित धाैलागिरि आवास क्षेत्रबाट सम्पर्कविहिन भइन ३६ वर्षीय प्रतिमा, चिन्तामा परिवारजन
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१० सतुगंलस्थित धाैलागिरि आवास क्षेत्रबाट एक महिला सम्पर्कविहिन भएकी छिन् ।
प्रहरी वृत्त थानकोटका अनुसार ३६ वर्षीय प्रतिमा रेग्मी माघ २२ गते सोमबार साँझ ७ः३० बजे आफ्नै घरबाट सम्पर्कविहिन भएकी हुन् ।
रातो ज्याकेट, कालो कुर्ता सुरुवाल तथा सेतो चप्पल लगाएको प्रतिमा कहिँकतै फेला पार्नु वा देख्नुभएमा ९८५११८०१४२ वा ९८५५०५८०११ वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न प्रहरी वृत्त थानकोटले सबैमा अनुरोध गरेको छ ।
प्रहरीका अनुसार प्रतिमाको मानसिक ठीक रहेको बताइएको छ ।













