घरबाटो सिफारिस दिन वडाध्यक्ष कार्कीले ५ लाख रुपैयाँ घुस लिएपछि…

Thankot Times

थानकोट ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिने विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।

वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस दिन सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिएको पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

यसअघि आयोगको टोलीले वडाध्यक्ष कार्कीलाई घुस रकमसहित पक्राउ गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *