नेपाल प्रहरीले माग्यो एक हजार ८५६ पदका लागि आवेदन
थानकोट ।
नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ ।
शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।
खुला तथा समावेसीसहित एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ ।
खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उमेदवारले दरखास्त दिन सक्नेछन् । चैत ९ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।
सूचना हेराैंः














