चन्द्रागिरि-७ मा तास खेलिरहेका ६ जना प्रहरी नियन्त्रणमा, साथमा फेला पर्याे ६६ हजार नगद
थानकोट ।
चन्द्रागिरि नगरपालिका-७ बाट प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी वृत्त थानकोटले तास खेलिरहेका अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे ।
साे क्रममा ३ बुक तास तथा ६६ हजार ४ सय ५० रुपैयाँ बरामद गरिएकाे प्रहरीले जनाएको छ ।
पक्राउ परेका ६ जनालाई थप अनुसन्धानका लागि थानकोट वृत्तमा राखिएकाे बताइएको छ ।













