चोभार पुलमुनि एक पुरुष मृत फेला, टाउको र हातमा गहिरो चोट

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिका वडा नंं ६ चोभारस्थित पुलमुनि एक पुरुष मृत फेला परेका छन् ।

स्थानीय सञ्चारकर्मी वीरेन्द्र शाक्यका अनुसार सोमबार बिहान पुलबाट एक पुरुष घोप्टो परेको अवस्थामा बागमती नदीको किनारमा देखिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

अहिले प्रहरीले घटनास्थलमा उद्दार कार्य जारी राखेको छ ।

मृतकको टाउको तथा हातमा गहिरो चोट लागेको देखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

तस्बिरः वीरेन्द्र शाक्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *