धादिङमा टिपर पल्टँदा एक जनाको मृत्यु, दुई जना घाइते
थानकोट ।
धादिङमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-२, छापडाँडामा आइतबार राति करिब ८ बजे बा. ४ ख. ३५५९ नम्बरको टिपर दुर्घटना हुँदा घाइते भएका बेनिघाट रोराङ-२ का २९ वर्षीय गोविन्द श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार टिपर आफैँ अनियन्त्रित भई बाटोछेउमा पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएका दुई जनाको मलेखुस्थित अस्पतालमा उपचार भइरहेको छ ।













