चोभार पुलमुनि मृत भेटिएका पुरुषको परिचय खुल्यो, साथमा भेटियो नाइलनको डोरी
थानकोट ।
सोमबार बिहान कीर्तिपुर नगरपालिका-०६ चोभारस्थित जलविनायक मन्दिरनजिकै नदी किनारमा मृत फेला परेका पुरुषको परिचय खुलेको छ ।
प्रहरीले मृतकको साथमा रहेको कागजातबाट मृतकको पहिचान गरेको हो ।
प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका-१ शितलनगर बस्दै आएका ४७ वर्षीय चिरन्जिवी शर्मा मृत अवस्थामा भेटिएका हुन् । उनको साथमा स्वास्थ्य उपचारको कागजात, नाईलन डोरी तथा ९ हजार ३ सय ७० नगदसमेत फेला परेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ।
मृतक शर्मा हिजो आइतबार दिउँसोदेखि सम्पर्कविहिन भएको परिवारका सदस्यले जनाएको स्थानीय सञ्चारकर्मी वीरेन्द्र शाक्यले जानकारी दिए ।
तस्बिरः वीरेन्द्र शाक्य














गरिविपन नै त होला नि?