सुनको मूल्य स्थिर, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर छ ।

कारोबार हुने साताको पहिलो दिन हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *