‘फागुन १ गते सार्वजनिक बिदा छैन्’- गृह मन्त्रालय

Thankot Times

थानकोट ।

गृह मन्त्रालयले भोलि १ फागुन गतेका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ ।

१ फागुनको सार्वजनिक बिदाबारे आम मानिसमा अन्यौल भइरहेका बेला सोमबार गृहमन्त्रालयले उक्त दिनको बिदा कायम नरहेको स्पष्ट पारेको छ ।

सरकारले १ फागुनमा जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वाेच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो ।

‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषद्को मिति २०८०-१०-२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९-१२-०२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ सोमबार गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *