आजबाट १ साता सतुगंल-मातातीर्थ-चखेल रुटमा बिहान ७ देखि साँझ ६ बजेसम्म सवारीसाधन निषेध

Thankot Times

थानकोट ।

सतुगंल-मातातीर्थ-चखेल सडक खण्डमा आज फागुन १ गतेबाट सवारी साधन सञ्चालनमा समयसीमा तोकिएको छ ।

सडकखण्डको मातातीर्थ धारापानी नजिक छेउतर्फ सडकमा पर्खाल लगाउने कार्य जारी रहेकोमा सवारी साधनको चाप बढि हुँदा निर्माण कार्यमा असहजता उत्पन्न भएको भन्दै सवारी साधन सञ्चालनमा समय सीमा तोकिएको हो ।

इन्द्रसरोवर गाउँपालिका ५ का वडाध्यक्ष दुतराज तितुङले सोमबार एक सूचना जारी गर्दै सो सडक खण्डमा बिहान ७ बजेसम्म र साँझ ६ बजेपछि मात्रै सवारी साधन सञ्चालन गर्न पाउने बताए ।

यो क्रम १ साता अर्थात फागुन ७ गतेसम्म जारी रहनेछ।

वडाध्यक्ष तितुङले वैकल्पिक बाटोको रूपमा चित्लाङ–चन्द्रागिरि–थानकोट सडक प्रयोग गर्न सवारीधनीहरुलाई आग्रह गर्नुभएको छ । यो सँगै सडक स्तरोन्नतिकै क्रममा मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दूरीको तीनवटै मार्गमा सवारी आवागमन बन्द भएको छ । उता कुलेखानी-चित्लाङ-थानकोट सडक र कान्ति लोकपथ सुचारु छन् । यद्यपी चित्लाङ-थानकोट सडक समेत मर्मतको कार्य जारी रहेको छ ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *