प्रहरी हुँ भन्दै ठगी गर्ने महिला चन्द्रागिरिबाट पक्राउ

Thankot Times

थानकोट ।

प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा बैतडी पुर्चौडी नगरपालिका-६ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

साउदले आफूलाई नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक हुँ भन्दै दैलेख नारायण नगरपालिका-११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाईदिने प्रलोभनमा पारी नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

साथै उनको साथबाट नेपाल प्रहरीको पोसाक १ जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिन्ह १ थान, नेमप्लेट १ थान, बुट १ जोर, बेल्ट १ थान र मोबाइल १ थान समेत बरामद भएको प्रहरी वृत्त थानकोटले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *