पाल्पा दुर्घटनामा अपडेट : मृतक आठ जना मध्ये चार जनाको पहिचान खुल्यो, १९ जना घाइते

Thankot Times

थानकोट ।

पाल्पामा मंगलबार जिप दुर्घटनामा परी मृत्यु हुने चार जनाको पहिचान खुलेको छ ।

मंगलबार जिल्लाको डुम्रेबाट तिनाउँ गाउँपालिका–६ चिदिस शिखरडाँडा जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बेलुकी करिब ५ बजे लु१ज २३७१ नम्बरको जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोबाट ब्याक भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।

स्थानीयका अनुसार मृत्यु हुनेमा तिनाउ ६ चिदिसका रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी, उर्मिला अस्लामी, दिल कुमारी अस्लामी रहेका छन् भने अन्य चार जनाको पहिचान खुलेको छैन् ।

यस्तै अस्पतालले घाइतेको नाम सार्वजनिक गरेको छ ।

तर जिल्ला प्रहरी कार्यालयबाट भने हालसम्म पुष्टि हुन सकेको छैन् । लुम्बिनी मेडिकल कलेज १९ नाम घाइतेको नाम सार्वजनिक गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *