विवाहको माहोलमा सुनको भाउ एकाएक घट्यो, प्रति तोला कति रुपैयाँमा हुँदैछ कारोबार ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली स्थानीय बजारमा सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो साता दुई दिनमै सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ ।

सोमबार तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय घटेर १ लाख १७ हजार ७ सय रुपैयाँमा झरेको थियो ।

आज बुधबार १२ सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य हिजोको तुलनामा आज तोलाको ३० रुपैयाँ घटेको छ ।

मंगलबार  तोलाको १३९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३६५ रुपैयाँ कायम भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *