थानकोटकी गोमा महर्जन सम्पर्कविहिन, चिन्तामा परिवारजन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-४ थानकोटबाट एक महिला सम्पर्कविहिन भएकी छिन् ।

परिवारका सदस्यहरूका अनुसार बुधबार बिहान थानकोट पागंलबकी स्थानीय गोमा महर्जन आफ्नै घरबाट सम्पर्कविहिन भएकी हुन् ।

५२ वर्षीया महर्जन बुधबार बिहान करिब ३ बजे घरमा कसैलाई जानकारी नगराई बाहिर निस्किएको र अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ ।

सम्पर्कविहिन भएकी गोमा महर्जनका परिवारका सदस्यले उनको मानसिक सन्तुलन ठीक नभएको बताएका छन्।

प्रहरी वृत्त थानकोटले सम्पर्कविहिन भएकी महर्जन कतै फेला परेमा नजिकैको प्रहरी कार्यालय वा परिवारका सदस्यहरूको सम्पर्क नं. 9849305302, 9843461367 वा 9841439851 मा खबर गर्नका लागि सबैमा अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *