बिहानै स्तब्ध बनाउने दुर्घटना, यात्रु बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० जना घाइते

Thankot Times

थानकोट ।

कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु-प-प्र-०२-००१ ख ००९८ नम्बरको बस बिहीबार बिहान  सडकबाट दुई सय मिटर तल खसेको थियो ।  
 
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृतकको पहिचान भइसकेको छैन् । 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुबेर कडायतका अनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् । नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । 

अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *