फाल्गुन ६, ७ र ८ गते मातातिर्थ ल्होंखामा १२ वर्षे शिकाली नाच देखाइने
थानकोट ।
यहि फागुन ६ देखि ८ गतेसम्म चन्द्रागिरि नगरपालिका-८ ल्होंखामा खोकनाको ऐतिहासिक रुद्रायणी (कालिदेवी) देवीको १२ वर्षे शिकाली नाच देखाइने भएको छ ।
फागुन ६ गते कीर्तिपुरको जलविनायकस्थित चोभारमा देवगणको स्वागत हुने कार्यक्रम रहेको छ । यसैगरी फागुन ७ गते मातातिर्थस्थित ल्होंखा दबुमा शिकाली नाच देखाइनेछ ।
फागुन ८ गते भने सो देव गणलाई बिदाई गरिने रुद्रायणी दबु नाच समितिले जनाएको छ ।

फोटोः सामाजिक सञ्जालबाट।












