सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढ्यो
थानकोट ।
कारोबार हुने साताको पाँचाैं दिन बिहीबार नेपाली स्थानीय बजारमा सुनको मूल्य स्थिर छ ।
आज छापावाल सुन तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













