नेपाली बजारमा आज सुन चाँदीको भाउ के छ ?
थानकोट
कारोबार हुने साताको पाँचाैं दिन नेपाली स्थानीय बजारमा सुन चाँदीको मूल्य बढेको छ।
यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज शुक्रबार प्रतितोला ६०० रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार भने छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार प्रतितोला १ हजार ३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य हिजो शुक्रबारको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।













